Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णयदेखि निजगढ विमानस्थल निर्माण अघि बढेकोसम्म


441
Shares

१. आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने नेपाली कांग्रेसको निर्णय, गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्ने, पाँच वर्षमा स्थीर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका बनाउने ।


२. बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालय प्रवेश गरेर करका दर हेरफेर भएका थिए कि थिएनन् भन्ने यकिन भएन, थप अनुसन्धान गर्नुपर्ने संसदीय विशेष छानबिन समितिको निष्कर्ष, सीसीटीभी फुटेज रिकभर गर्ने लगायतका प्राविधिक विषयमा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्यूरोका विज्ञसँग छलफल गर्ने तयारी ।


३. राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइयो, कमभन्दा कम वातावरणीय क्षति हुने गरी विमानस्थल बनाइने, प्राधिकरणले परियोजनाको विस्तृत डिजाइन तयार पार्दै, आठ हजार ५० हेक्टर जग्गा अधिग्रहण ।


४.वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु, सभामुखद्वारा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षसँग कुराकानी, संसद्को कार्यकाल नसकिँदै विघटन भए सभामुख र उपसभामुख बाहेक सांसदको पद नरहने अग्नि सापकोटाको भनाइ, संविधानविद्सँग छलफल गरेर निष्कर्षमा पुग्ने ।


५. देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न नेपाली कांग्रेसको आग्रह, अहिलेको अर्थतन्त्रको वास्तविक अवस्था, मुख्य समस्या, चुनौती, जोखिम न्यूनिकरणबारे श्वेतपत्र जारी गर्न माग, अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सुझाव ।


६. नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको भनाइ, सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि खतरनाक एमसीसी र एसपीपी भएको धारणा, देशको भविष्यको बारेमा सबै युवाहरूमा चिन्ता अभिव्यक्ति, सरकारले देशको सम्पती उडाउने र जनतालाई दुःख दिने गतिविधि गरको टिप्पणी ।


७. अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा एक वर्षमा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर, मुद्दामा घुस सम्बन्धी ३२, नक्कली शैक्षिक प्रमाण–पत्र सम्बन्धी ६, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी ३५, गैरकानूनी लाभहानी सम्बन्धी ३४, राजस्व हिनामिना सम्बन्धी ५, गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी ७ र अन्य विषयसँग सम्बन्धीत १२ वटा मुद्दा ।


७. उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाइने, पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउण्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाइने, फुटपाथ व्यवस्थापन, ट्राफिक प्रहरीको व्यवहार तथा आचरण सुधारका लागि ट्राफिक प्रहरीलाई अनुशासनसम्बन्धी कक्षा, काठमाडौँ उपत्यकाभित्र भत्किएका खाल्डाखुल्डी मर्मत सम्भारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, लेन अनुशासनलाई कडाइ गरिने ।


८. माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माको भेटवार्ता, नागरिकता विधेयकलगायतका विषयमा छलफल, संसदमा पेश गरेको विधेयकमा सत्ता गठबन्धनको एउटै धारणा हुनुपर्नेमा जोड ।

९. युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीद्वारा सुरक्षा सेवाका प्रमुख बर्खास्त, रसियासँग साँठगाँठ गरेको आरोपल, यूरोपको झन्डै आधा क्षेत्र खडेरीको जोखिममा, संयुक्त राज्य अमेरिकामा आकाशमा विमान ठोक्किँदा चार जनाको मृत्यु, श्रीलङ्कामा सङ्कटकालको घोषणा ।

१०, क्यानद्वारा नेपाल टी-२० लिगका ६ मध्ये चार टिमको नाम घोषणा, प्रतियोगिताका लागि कान्तिपुर क्पापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किग्स र जनकपुर रोयल्स छनोट, भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका नेपाली फुटबल टोलीको घोषणा, आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित, ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा राजु राईलाई कास्य पदक ।

प्रतिक्रिया दिनुहोस्