Logo
Logo

ऐश्वर्य विद्या निकेतनले बढायो शुल्क



धनगढी । कैलालीको धनगढी उपमहानगरस्थित ऐश्वर्य विद्या निकेतनले ३० प्रतिशतले शुल्क बृद्धि गरेको छ ।

महंगी बढेको भन्दै निकेतनले साउन १ देखि लागू हुनेगरी विद्यार्थीको मासिक तथा भर्ना शुल्क बढाएको हो । कोरोना कालमा शुल्क बृद्धि नगरिएको, २०७७ बैसाखदेखि भदौसम्म शुल्क नलिएकोलगायत कारण कारण देखाउँदै शुल्क बढाएको जनाएको हो ।

शुल्क वृद्धिको चौतर्फीरुपमा आलोचना हुन थालेको छ । सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षालाई बेवास्ता गर्दै कमाइ गर्ने थलो बनाउँदै आएको अभिभावक बताउँछन् । सार्वजनिक शैक्षिक गुठी नै कमाइ गर्ने थलोका रुपमा देखिएको उनीहरूको भनाइ छ ।

सार्वजानिक शैक्षिक गुठी स्थानीय सरकार मातहतमा रहेपनि स्थानीय सरकारले निगरानी गरेका छैनन् । निकेतनले असार मसान्तसम्म एल.केजीमा मासिक १ हजार ५ सय लिदै आएको थियो । अहिले उक्त १ हजार ९ सय ५० रुपैँया भएको छ ।

कक्षा ९ र १० मा २ हजार ५ सय ९५ लिँदै आएको थियो । ७ सय ७८ रुपैँयाले बृद्धि भएको छ । शिक्षकलाई तलब दिन र महंगीलाई मध्यनजर गर्दै शुल्क बृद्धि गरिएको निकेतनका प्रचार्य पीएन ओझाले बताए ।

२०७७ सालदेखि विद्यालय सञ्चालन गर्न २ करोड ८१ लाख रुपैँया अपुग भएकाले शैक्षिक शुल्क बढाएको उनको भनाइ छ । उनले ऐश्वर्य सार्वजानिक शैक्षिक गुठी भएपनि यसलाई स्थनीय, प्रदेश र संघीय कुनै पनि सरकारले सहयोग नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्