Logo
Logo

न्यायाधीशसँग घुस डिल गर्ने वकिल रुद्रप्रसाद फरार


2.8k
Shares

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता रुद्रप्रसाद पोखरेल फरार भएको भन्दै सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

कानुन व्यवसायी परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुस डिल प्रकरणमा जोडिएको भन्दै ७ दिने सूचना जारी गरेको छ ।

पोखरेललाई स्पष्टीकरणका लागि पत्र पठाए पनि उनी फरार छन् । कुनै पनि ठेगानामा म्याद तामेल नभएपछि पोखरेललाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न मंगलबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

कानुन व्यवसायी परिषद्का सचिवको तर्फबाट जारी गरिएको सार्वजनिक सूचना अनुसार यतिबेला अधिवक्ता पोखरेल फरारको सूचीमा रहेका छन् । अधिवक्ता पोखरेलमाथि कारबाही गरी कानुन व्यवसायीको प्रमाणपत्र खारेज गर्नसम्मको प्रतिवेदन तयार भइसकेको छ।

तर पनि पोखरेलले स्पष्टीकरण नदिएको कारण कारबाही प्रक्रिया रोकिएको छ । परिषद् ऐनमा कसैको प्रमाणपत्र रद्द गर्नुभन्दा अगाडि स्पष्टीकरणको मौका दिने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार स्पष्टीकरणको मौका दिइएको भएपनि उनी फरार रहेका कारण उनलाई स्पष्टीकरण पेश गर्नेसम्बन्धी पत्र थमाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्