काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताबीच सिंहदरबारमा छलफल गर्ने तयारी गरिएको छ ।

उक्त भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतम पनि सहभागी हुने स्रोतले बताएको छ ।
यसअघि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र डा. बाबुराम भट्टराईबीच भेटघाट भएको थियो । उक्त भेटघाटमा दुई नेताबीच भएको भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ ।
उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । भट्टराईले आफू जसपाबाट अलग भए पनि सत्तारुढ गठबन्धनमै रहेको बताएका छन् ।











