काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राजतन्त्र पुनःस्थापनाको पक्षमा खुलेका छन् ।
मिश्रले प्रकाशोन्मुख पुस्तक ‘विचार भन्दा माथि देश’ मा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुनःस्थापना हुनुपर्ने बताएका छन् ।

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालको दूरगामी हितका लागि घातक भएको मिश्रको निष्कर्ष छ । उनले संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तिक परिस्थितिको कारण यो विषयमा नेपालको दूरगामी हितमा नभएको दाबी गरेका गरेका छन् ।
उनले संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनु पर्ने प्रस्ताव राखेका छन् । उनले भनेका छन्–
‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ ।’
यसअघि संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रह माग गर्दै आएका थिए । मिश्रले राप्रपाको अध्यक्षमा निर्वाचित हुनेबित्तिकै राजेन्द्र लिङ्देनसँग भेट गरेर सहकार्यको विषयमा छलफल गरेका थिए ।











