काठमाडौं । नेपालमा आज थप ३५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको हो ।
सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । त्यस्तै, ६२ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।











