काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएर बसेका रवीन्द्र मिश्र आउने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् ।

यसअघि २०७४ सालको चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै उठेका मिश्र नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए ।
एक नेताका अनुसार नेता मिश्र स्वतन्त्र वा पार्टीगत रूपमा उठ्ने भन्ने टुंगो लागेको छैन ।











