Logo
Logo

वाम एकताको लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय


3.7k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको डा. बेदुराम भुसालले जानकारी दिए ।

फाइल फोटो

त्यस्तै, बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको भुसालले जानकारी दिए । वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरिएको भुसालले जनाए ।

प्रतिक्रिया दिनुहोस्