
१. तत्कालीन नेकपाको सचिवालयमा रहेका पाँच नेताबीच छलफल, विचार मिल्नेहरुसँग पार्टी एकता गर्नेबारे कुराकानी, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्ने, एमालेका पछिल्ला निर्णयबारे पनि चासो, सिंगै राष्ट्रलाई एक बनाउने झलनाथ खनालको भनाइ ।

२. बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र सीसीटीभी फुटेट गायब गराएको आरोप लागेका जनार्दन शर्मालाई संसदीय विशेष समितिले बोलायो, बयानका बुधबार हुने, पूर्व सचिवहरूसँग पनि बयान लिने, सीसीटीभीको हार्ड डिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने, हार्ड डिस्क रिकभर गर्न सुझाव ।

३. राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकास गनुपर्ने ठहर, जनताको आवश्यकता र चाहनाअनुसार काम गर्नुपर्नेमा जोड ।

४. पाँच दलिय गठबन्धनलाई कायम राख्दै वाम एकताका लागि पहल गर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णय, वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने, संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने ।

५. माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुरामबीच भेटवार्ता, सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउन प्रयास गर्ने विषयमा सहमति, पार्टी बनाउन नसके पनि सत्ता गठबन्धनमा सँगै अघि बढ्ने निष्कर्ष, माओवादीमा नर्फकने बाबुरामको अडान ।

६. समाजवादका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको ठहर, अन्य पार्टीसँग गठबन्धन गरेर समाजवाद ल्याउँछु भन्नु सपना मात्रै भएको भनाइ, कम्युनिष्ट पार्टी एक नभइ राष्ट्रिय शक्ति नबन्ने सचिव योगेश भट्टराई दाबी, विगतका कुरालाई बिर्सेर अगाडी बढ्नुपर्नेमा जोड ।

७. गर्भनर महाप्रसाद अधिकारीलाई वर्खास्त गर्न दबाब, सत्ता निकट तीन विद्यार्थी संगठनद्वारा चरणवद्ध आन्दोलन घोषणा, बुधबार राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरका कार्यालयमा कालो ब्यानर राख्ने, बिहीबार कार्टुन प्रदर्शन, शुक्रबार विरोध प्रदर्शन, शनिबार सांसद सन्देश पठाउने कार्यक्रम तय ।

८. धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक १६.२७ अंकले बढेर दुई हजार ४५.६९ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अंकले उकालो लागेर ३९१.५३ मा कायम, २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँमा खरिद बिक्री, १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि ।

९. युरोपेली संघ–चीनबीच व्यापार वार्ता हुने, जापानसँग सम्बन्ध सुधार गर्ने दक्षिण कोरियाको चाहना, श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक, युरोपको आधा भू–भाग खडेरीको जोखिममा, चीनको तियान्जिनमा ग्यास विस्फोटमा हुँदा ११ जना घाइते, तीन जना बेपत्ता ।

१०. नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्ड फर्कियो, आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा असफल भएको कप्तान सन्दीप लामिछानेको स्वीकारोक्ती तीनै खेलमा खराब ब्याटिङ भएको अभिव्यक्ति, कोभिड–१९का कारण स्थगित भएको १९औं एसियाली खेलकुदको नयाँ मिति तोकिएको, २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउम हुने ।















