Logo
Logo

मावि लाइसेन्समा २३ हजार ७२ उत्तीर्ण


3.5k
Shares

काठमाडौं । माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन् । शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमतीमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन् ।

बागमतीमा १ सय ८ जनाको परीक्षा रद्ध गरिएको छ । यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन् । प्रदेश १ मा ४३ जनाको परीक्षा रद्ध गरिएको छ । मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन् ।

९६ जनाको परीक्षा रद्ध गरिएको छ । गण्डकी प्रदेशबाट २६ सय ४५, लुम्बिनीबाट ३९ सय ७३, कर्णाली प्रदेशबाट १६ सय ४६ र सुदूरपश्चिमबाट दुई हजार ६१ जना उत्तीर्ण भएका छन् ।

आयोगका अनुसार गण्डकीमा ३६, लुम्बिनीमा ६५, कर्णालीमा ३९ र सुदूरपश्चिममा ५२ जनाको परीक्षा रद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्