Logo
Logo

सातै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण गर्दै एमाले, आज बागमतीमा


567
Shares

काठमाडौं । नेकपा एमालेले सातै निर्वाचन लक्षित प्रशिक्षण सुरु गरेको छ ।

बाग्मती प्रदेश कमिटीले बुधबार प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण आयोजना गरेको छ । कार्यक्रम प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे सुरु हुने छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षणमा सम्बोधन गर्ने प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष, बिष्णु पौडेल, काशीनाथ अधिकारीलगायतले प्रशिक्षण दिने छन् ।

प्रशिक्षणमा बागमतीका प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्य, पार्टीका केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारी र निर्वाचित जनप्रतिनिधि सहभागी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्