Logo
Logo

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विध्यार्थी संगठनको प्रदर्शन


252
Shares

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक कार्यालय अगाडि कालो ब्यानर टाँगेर विराेध प्रदर्शन गरेका हुन् ।

गभर्नर अधिकारी एम. अधिकारीको नाममा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नरको राजीनामा माग्दै गत सातादेखि आन्दोलन गर्दै आएका छन् ।

यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्