Logo
Logo

एक साता फोहोरमैला ढुवानी नगरिदिन महानगरलाई आग्रह


4k
Shares

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा ल्याण्डफिल साइट आयोजनाले एक हप्तासम्म फोहोर मैला ढुवानीका सवारी साधन सन्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।

फोहोर मैला ढुवानीका साधनहरुले तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार स्तरोन्नति गर्ने काम प्रभावित भएको भन्दै विभागले एक हप्तासम्म फोहोर मैला ढुवानीका साधन सन्चालन नगरिदिन आग्रह गरेको हो ।

फोहोर बोकेका गाडी आवतजावत गरिरहँदा सडक निर्माण हुन नसकेकाले गाडी रोक्न आग्रह गरिएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाका निर्देशक रवीन्द्र बोहराले जानकारी दिए ।

यसअघि विभागले असार १७ गते र १९ गते सहजीकरण गरिदिन महानगरपालिकालाई भनेको थियो । सो अनुसार दैनिक रुपमा बिहान ४ बजेदेखि १२ बजेसम्म मात्र फोहोर मैलाको सवारी साधन ढुवानी गर्ने समय समय निर्धारण गरिएको थियो । तर, द्रूत गतिमा सन्चालन गर्न कम्तिमा एक हप्ता ढुवानीका साधन रोक्नु पर्ने आयोजनाको माग छ ।

प्रतिक्रिया दिनुहोस्