Logo
Logo

पोखराकाे दुईपिप्लेस्थित सुकुम्बासीका २३ घर भत्काइयो


315
Shares

पोखरा । पोखरा महानगरपालिका तेत्तीस दुईपिप्लेमा सुकुम्बासी बस्तिका करीब २३ घरधुरी हटाइएको छ ।

लामो समयदेखि उक्त ठाउँमा सुकुम्बासीका रुपमा बस्ती बसेको थियो । क्रसर उद्योगको ठाउँमा बसोबास गरिरहेका उनीहरु त्यहाँ क्रसर संचालन गरेपछि बिस्थापित हुँदै दुईपिप्लेमा टहरा बनाएर बसोबास गरिरहेका थिए ।

‘पहिला दुई चार घरमात्र थियौँ, पछि एक एक गर्दै धेरै घरहरु बन्न थाले अहिले हामीलाई नै अप्ठ्यारो पर्यो, अब हामी कहाँ जाने’, त्यहाँका एक बृद्द महिलाले भनिन् । उनले थपिन्, ‘क्रसरले यता देखाएर आएका हौँ । अब फेरि वडा र महानगरले हटाउँदै छ । हामीलाई बास चाहियो ।’

पोखरामहानगरपालिका, वडा नम्बर ३३, नेपाल प्रहरी, शसस्त्र प्रहरीलगायतको टोलीसहित बस्ती हटाउन लागिएको हो ।
वडा अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार सार्वजनिक जग्गा हड्पने क्रियाकलाप बढिरहेको हुँदा सार्वजनिक जमिनको संरक्षणका लागि आफुहरुले अनाधिकृत रुपमा बसोवास गरेका र सार्वजनिक जग्गा हडपेकाहरुलाई हटाइएको बताए । उनले सुकुम्बासी नै भएको खण्डमा ब्यवस्थापनको पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्