Logo
Logo

स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न एमालेको माग


1k
Shares

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारु गर्न माग गरेको छ ।

अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको जनाइरहँदा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले सरकारको ध्यानाकर्षण गराएको हो ।

‘बीमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न ध्यानाकर्षण गर्दछौं,’ विभागका प्रमुख योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘बजेटमार्फत् आएको जनविरोधी नीति फिर्ता लिन पुनः ध्यानाकर्षण गर्दछौं ।’

सरकारले २०७९/०८० को बजेट वक्तव्यमार्फत् स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको भट्टराईले बताएका छन् । बजेटको १५१ नं. बुँदामा समेटिएको नीतिले एकातिर बीमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कातिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनी प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षड्यन्त्र गरेको उनले बताएका छन् ।

‘सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न सरकारसँग माग गर्दर्छौ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्