Logo
Logo

माया लाउँदै जाँदै धिरेन शाक्य र मञ्जु थापा (भिडियो)



काठमाडौं । गायक आनन्द कार्की र गायिका साधना सरगमको स्वर रहेको ‘माया लाउँदै जाउँ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

आनन्द कार्कीको शब्द तथा सचिन सिंहको संगीत रहेको उक्त गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा एक प्रेमिल जोडीको प्रेम प्रसङ्गलाई समावेश गरिएको छ । प्रेमिल जोडीका रुपमा अभिनेता धिरेन शाक्य र मञ्जु थापा देखिएा छन् ।

भिडियोमा उत्तम हुमागाईँको छायाँकन, प्रविण श्रेष्ठको सम्पादन तथा कमल राईको निर्देशन भिडियोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्