Logo
Logo

एमालेलाई पत्रकारको प्रश्न- विचौलियासँग हिमचिम गरेर कसरी भ्रष्टाचार रोक्नुहुन्छ ?


14k
Shares

काठमाडौं । नेकपा एमालेलाई ‘विचौलियासँग हिमचिम गरेर कसरी भ्रष्टाचार रोकिन्छ ?’ भन्दै प्रश्न गरिएको छ । बुधबार राजधानीमा एमालेले आयोजना गरेको ‘अनलाइनका सम्पादकहरुसँग एमालेको अन्तक्रिया’ कार्यक्रममा नेपाल मुहारडटकमका माधव बस्नेतले सो प्रश्न सोधेका हुन् ।

बस्नेतले एमालेलाई दुईवटा प्रश्न गरेका थिए । उनले पहिलो प्रश्न संघीयताबारे एमालेको आधिकारीक धारण के हो ? भन्दै प्रश्न गरेका थिए भने दोस्रो आफै विचौलियासँग हिमचिम गरेर कसरी भ्रष्टाचार गर्नुहुन्छ ? भन्दै प्रश्न गरेको थिए ।

उनले भनेका थिए- केपी ओली सरकारकै सञ्चारमन्त्री गोकुल बस्कोटा पोलिट ब्युरो सदस्यले यो संघीयता अफापसिद्ध भइसक्यो भनेर भन्नुभयो । एकपटक परीक्षण गरौं भनेर गोकुल बस्कोटामार्फत त्यो बोल्न लगााइएको हो ? संघीयताप्रति नेकपा एमालेको धारणा के हो ?

उनकाे दोस्रो प्रश्न थियाे- ‘एमालेका शीर्षतहका ९८ प्रतिशत नेताहरु, सय नै भन्दा पनि हुन्छ तर दुई प्रतिशत घटाऔँ, आर्थिक विचौलिया, अर्थिक भ्रष्ट, बदमास व्यक्तिहरुसँग मात्रै हिमचिम गरेको भेटिन्छन् । अनि तपाईंहरु कसरी आर्थिक समृद्धीका कुरा, भ्रष्टाचार रोक्ने कुरा गर्नुहुन्छ ? तपाईँहरुको यस्तो नीति के हो ?’

त्यसपछि एमाले महासचिव शंकर पोखरेलले पत्रकारहरुले राखेका प्रश्नको जवाफ दिएका थिए । तर, माधव बस्नेतकाे दुईवटै प्रश्नको जवाफ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्