काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उत्तराधिकारी एमाले भएको दावी गरेका छन् ।

बुधबार अनलाइनका सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले तत्कालीन एमालेमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले अध्यक्ष ओलीमाथि लगाएका आरोप पनि गलत सावित भएको बताए ।
उनले भने, ‘नेकपाभित्रको अन्तर संघर्षमा केपी ओली र उहाँका पक्षमा उभिएकाहरुमाथि प्रचण्ड र माधव नेपालहरुबाट लगाइएका आरोपहरू उहाँहरु अलग भइसकेपछि गलत सावित भए ।’
ओलीलाई नेकपाको निरन्तरताको पक्षमा नभएको भनेर आरोप लगाएपनि नेकपाबाट बनेका तीन पार्टीमध्ये प्रचण्ड र माधवले नेतृत्व गरेको पार्टीमा नेकपा नदेखिने बताए ।














