काठमाडौँ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको गरेको संसदीय विशेष समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटासँग म्याद थपको विषयमा छलफल गर्ने भन्दै भने, ‘हामीले म्याद थपका लागि सभामुख आग्रह गर्ने भएका छौं । कति दिन भन्ने विषयमा सभामुखको सभामार्फत् जानकारी दिनु होला ।’














