Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

नेपाल-चीन सीमा अनुगमन गर्नेदेखि बयानका लागि जनार्दनलाई बोलाउने निर्णयसम्म


378
Shares

१. राष्ट्रियसभामा एमाले र माओवादी एकअर्काप्रति खनिए, एमाले सांसदद्वारा अर्थमन्त्रालयको सीसीटीभी खोजी, अर्थ सचिव मधु मरासिनीको आलोचना, माओवादी सांसदले एमालेको अर्थ तथा योजना विभागको एम अधिकारी खोजे, एम अधिकारीको विषयमा एमाले र सीसीटीभी फुटेजबारे माओवादी सांसद मौन ।


२. नेपाल-चीनबीच संयुक्त सीमा अनुगमन हुने, दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने सहमति, देखिएका विषयलाई संयुक्तरुपमा प्रतिवेदन तयार पारिने, केरुङ-रसुवागढी नाकालाई व्यापारका लागि दुईतर्फी खुला गर्ने, हिल्सा नाका एकतर्फी खोलिने ।


३. महङ्गीविरूद्ध साउन १६ गते जनप्रदर्शन गर्ने एमालेको निर्णय, स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन कमिटी गठन, उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने, विशेष प्रदेश कमिटी, केन्द्रीय विभाग, सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनसहभागिता गराउने ।


४. बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको गरेको आरोप लागेका जनार्दन शमोलाई बयानको लागि बिहीबार बोलाउने संसदीय विशेष समितिको निर्णय, प्रतिवेदन बुझाउने समय थप गर्न माग, पूर्व अर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग छलफल ।


५. कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको एमालेको आरोप, नेकपाको उत्तराधिकारी एमाले भएको महासचिव शंकर पोखरेललेको दाबी, आगामी निर्वाचनमा विचार मिल्ने दलसँग सहकार्य गर्न एमाले तयार, पाँच दलको गठबन्धन कायम रहेपनि निर्वाचनमा एमाले पराजित नहुने अभिव्यक्ति, स्थानीय र आउने निर्वाचन फरक हुने धारणा ।


६. आगामी निर्वाचनमासम्म तालमेल गरेर जाने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ, स्थानीय तहको निर्वाचनले विश्वास बढाएको अभिव्यक्ति, शीर्ष नेताहरू गठबन्धन नतोड्ने पक्षमा रहेको स्पोक्ती, तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र पार्टी पङ्तिको भावनाअनुसार हुने विश्वास ।


७. नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा, १०६औं स्थानमा, जापानको राहदानी सबैभन्दा बलियो, सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा, जापानी नागरिकले भिसा नलगाई १ सय ९३ देश घुम्न पाउने, विना भिसा नेपालीले ३८ देशको भ्रमण गर्न सक्ने ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४.८९ अंकले उकालो लागेर दुई हजार ५०.५९ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अंकले बढेर ३९२.५० मा कायम, २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँमा खरिद बिक्री, १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो ।


९. तातो हावा चल्दा एक सातामा स्पेन र पोर्चुगलमा १ हजार ७ सयको मृत्यु, तालिवानले सयौं मानव अधिकार उल्लङ्घन गरेको राष्ट्रसंघको भनाइ, प्रचण्ड गर्मीका कारण बेलायतमा रेलसेवा अवरूद्ध, रूसद्वारा ४५ जना युक्रेनी सैनिकका शव फिर्ता, रनिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित, आईएस आक्रमणमा परी छ जना इराकी प्रहरीको मृत्यु ।


१०. नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा, राजीनामा दिएलगत्तै क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच भेटवार्ता, अखिल नेपाल फुटबल संघ र नेपाल ओलम्पिक कमिटी मिलेर कार्यक्रम आयोजना गर्नेबारे छलफल ।

प्रतिक्रिया दिनुहोस्