Logo
Logo

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै


189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा बस्न लागेको हो ।

बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिए ।

यसअघि असार २९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्