
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले एमसीसी र एसपीपीलाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् ।
सरकारले स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस पोष्ट गर्दै भनेका छन्, ‘गाह्रो छ ओ १ गठबन्धनलाई पनि । बाह्रबुदे ब्याख्याले टारेका थिए । अब बाह्रसत्ताईस ब्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ,’
नेता बास्कोटाले अगाडी लेखेका छन् । ‘एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो १’











