
काठमाडौं। संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । आजको बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ।
समितिका ११ जना नै सदस्यहरू नै बैठकमा उपस्थित भएका छन् । समितिमा बयान दिनका लागि शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा पुगेका छन् ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।
समितिले यसअघि अर्थमन्त्रालयका उच्च अपदस्थ कर्मचारी र समाचार लेख्ने पत्रकारहरुसँग पनि बयान लिएको थियो ।
आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।











