Logo
Logo

प्रिति आले र टेक अधिकारीको ‘ओए मेरी रानी’ (भिडियो)



काठमाडौं । नेपाली नारीको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धी गीतहरु सार्वजनिक हुनेक्रम ह्वात्तै बढिरहेको छ ।

यस्तै, लोकदोहोरीमा फरक पहिचान बनाएका गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘ओए मेरी रानी’ गीतमा शब्द रचना टेक अधिकारी र रेशम प्रधानको रहेको छ भने संगीत रेशम प्रधानको रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा अनु पराजुली र लोमश शर्मा फिचर्ड छन् ।

सुजन श्रेष्ठले खिचेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका हुन् । भिडियो एक्सन फिल्म्सको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्