काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आफूले ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याएको भएपनि कार्यान्वयन नगरिएको बताए ।

‘संसद विकास कोष हुँदा मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौं भनेर सब प्रोग्राम बनाएँ । पैसा पनि छुट्याएँ’ उनले भने, ‘तर यस्तो राम्रो काम ग¥यो भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन ।’
उनले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए समाधान गरिदिने बताए । समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधिसभाका सबै तहका जनप्रतिनिधिहरू मिलेर समाधान गर्न आफू तत्पर रहेको उनको भनाई छ ।
काठमाडौंमा रहेको बेला बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा शुक्रबार र सोमबार आफू पुग्ने गरेको भन्दै उनले कुनै समस्या आए आफूलाई जानकारी दिन आग्रह गरेका छन् । उनले भने, ‘घरैपिच्छे के प्रबलम छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन नि त । तर, तपाईंहरूले जनप्रतिनिधिहरूलाई विश्वास गरेर भन्नुप¥यो ।’











