Logo
Logo

एसपीपीबारे संसदमा जानकारी गराउन सभामुखको रुलिङ


189
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनसिप (एसपीपी)बारे मन्त्रिपरिषद्ले गरेको निर्णय र कार्यान्वयनको अवस्थाबारे सदनलाई जानकारी दिन निर्देशन दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठका सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बारम्बार उक्त विषय संसदमा उठाएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् ।

सभामुखले भने, ‘एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सन्दर्भमा नेपाल सरकारको निर्णय र कार्यान्वयनको अवस्थाबारे सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

आज बसेको बैठकमा एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको अवस्थामा पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेको भन्दै सांसदहरुले आवज उठाएका थिए । उनीहरुले सभामुखबाट रुलिङ हुनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्