Logo
Logo

लहानका उपमेयर बिरुद्ध जर्वजस्ती करणीको उजुरी


2.1k
Shares

सिरहा । लहान नगरपालिकाका उपमेयर राम महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो बिरुद्ध उजुरी परेको हो ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनी माथि छ ।

गत जेठ महिनाको घटनालाई लिएर दुई दिन अगाडि मात्र उजुरी दर्ता भएको हो । अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने सुचना अधिकारी बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस्