Logo
Logo

७८ करोड कर तिर्न पत्र आएपछि बेहोस, बाटोमा भेटिएको नागरिकताबाट ठगीधन्दा



काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छोडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला उनका दाइ घर पुगेका थिए ।

उनले सो पत्र काठमाडौँ ल्याएर भाइलाई दिए । पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए । आफन्तले उनलाई हतारहतार अस्पताल पुर्याए । किनभने त्यो सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो, ‘तपाईको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि ९स्थायी लेखा नम्बर ६०२४१८४२१० ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’

कम्पनीको नाममा ७८ करोड रुपैयाँ कर दायित्व थियो । कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि बेहोस भएका थिए । लीलाप्रसाद स्याटेलाइट कम्पनी गएर बुझ्दा विजयनारायण श्रेष्ठ नामका व्यक्तिले कारोबार गरेको खुल्यो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्