काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको भूराजनीतिक अवस्थितिको कारण विदेशी नागरिकसँग विवाह गर्न नेपालीलाई निरुत्साहित गरिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले खुला सीमा हुन्जेल छिमेकीसँग सम्बन्ध राम्रो नहुने भन्दै त्यसलाई तारबार लगाउनुपर्ने उनले बताए । सांसद सुवालले भने, ‘नेपालमा सीमा बन्द गरिनुपर्छ । नेपाली सेनाले यो विषयमा उठाएको छ । खुला सीमा असल सम्बन्ध कायम हुन्न । ४७ अर्ब रुपैयाँ लाग्ने रहेछ ।’
‘यो असारमा गरेको खर्चको २ दिनको मात्रै हो । भूराजनीतिक अवस्थितिको कारण विदेशीसँग विवाह गर्न निरुत्साहित गरिनु पर्छ । नेपालीसँग विवाह गर्नेहरुलाई २० वर्षपछि अस्थायी नागरिकता दिनुपर्छ ।’, उनले भने ।
नागरिकता विधेयक सार्वभौतिकतासँग जोडिएको हुँदा त्यसलाई जनताले पनि आफ्नो धारणा राख्न पाउनु पर्ने उनले बताए ।














