काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राज्यका विभिन्न निकायमा कांग्रेसका समर्थक रहेको भन्दै एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरे।
एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताए ।
‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन्,’ उनले भने , ‘केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’











