Logo
Logo

सल्लाहकारको कारण प्रधानमन्त्रीको अन्तराष्ट्रिय बेइज्जत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० साउन ।
आफ्नो सचिवालय चुस्त बनाउन नसक्दा नै प्रधानमन्त्री केपी शर्मा ओली विवादमा फस्दै गएका छन् । सल्लाहकारकै कारण उनी विवादमा परेका छन् ।
बिहीबार पनि सल्लाहकारकै गल्तीले प्रधानमन्त्री ओली मात्र होइन देशकै अन्तराष्ट्रिय बेइज्जती भयो । बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोनसोनलाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले ट्विटरबाट अर्कै व्यक्तिलाई मेन्सन गरेर बधाई दिइएको थियो । जसका कारण प्रधानमन्त्री मजाकका पात्र बने ।


यो गल्ती प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालको हो । एक पटक मात्र नभई पटक पटक उनले त्यसरी गलत ट्विट गर्दै डिलिट गरेका थिए । अझ डिलिट समेत गर्न नजानेर अर्का सहयोगीलाई लगाएको बालुवाटार स्रोत बताउँछ ।
पटक पटक डिलिट गरेपछि गरिएको अर्काे ट्विटमा पनि स्पेलिङ गलत लेखिएको थियो । जून विषयले नेपालको अन्तराष्ट्रिय बेइज्जत भएको छ ।
सल्लाहकार समूहले राम्रो सल्लाह दिन नसक्दा नै प्रधानमन्त्री ओली दिनप्रतिदिन असफल हुँदै गएका छन् । सल्लाहकारको चंगुलमा उनी फस्दै गएका छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईको पनि भूमिका विवादास्पद रहेको छ । रिमालका कारण प्रधानमन्त्री पटक पटक विवादमा परिसकेका छन् । आलोचकहरुलाई छैंडा भनेर ट्विट गरेकोमा रिमाल केही साताअघि विवादमा परेका थिए । डा भट्टराई पनि प्रधानमन्त्रीलाई सफल बनाउने भन्दा पनि आफ्ना स्वार्थ पूरा गर्ने काममा मात्र सक्रिय हुन थालेको प्रधानमन्त्री कार्यालयका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्