काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी गरेका छन् ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको बताए । उनले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे ।
पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका छन् । अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका हुन् ।
उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरूले आफूहरूलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाई थियो ।











