
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावको मुखमा मात्रै जनतामा देखा पर्ने भन्दै स्वतन्त्र र नयाँ नेताहरूबाट केही प्राप्त नहुने टिप्पणी गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले चुनावको मुखमा जनतामाझ आउने र अरुबेला देखा नपर्नेहरूलाई जिताएर केही नहुने बताए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनका प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई लक्षित गर्दै उनले गत निर्वाचनमा जनतामा प्रतिस्पर्धी बनेका व्यक्तिहरू यसबीचमा कतिपटक जनतामा आएका छन् ? भन्दै प्रश्न गरे।
उनले भने, ‘गएको निर्वाचनमा नयाँ पार्टीको मान्छे परिवर्तन गर्छु भनेर आयो । जो उम्मेदवार भएर आयो त्यो उम्मेदवारले यो निर्वाचन क्षेत्रमा के गर्यो त ?’ ‘त्यत्रो कोभिड हुँदा, अरु आपत पर्दा, कसैलाई समस्या हुँदा कहिँ कतै देखा पर्यो ?’











