Logo
Logo

सुन्दरीजल खोलामा खसेर १६ वर्षीय किशोर बेपत्ता


1.8k
Shares

काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर १६ वर्षीय शुभम श्री प्रधान बेपत्ता भएका छन् । प्रहरीका अनुसार शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा किशोर खसेर बेपत्ता भएको हो ।

प्रहरीका अनुसार काठमाडौंको कपन घर भई साथीहरूसँग घुम्न निस्केका प्रधान खसेर बेपत्ता भएका हुन् । फोटो खिचाउनको लागि ढुंगामा बस्दा चिप्लिएर खोलामा खसेको प्रहरीले जनाइएको छ ।

उनीसँग सात जना साथीहरू घुम्न पुगेका थिए । अहिले किशोरको खोजी भइरहेको छ । प्रहरीको सामाखुसीस्थित विपद व्यवस्थापनको टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारको लागि खटिएको छ।

प्रतिक्रिया दिनुहोस्