काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ मधुमेह बढेपछि अस्पताल भर्ना भएका छन् । उपचारका लागि मन्त्री खापुङलाई वीर अस्पतालमा भर्ना गरिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।

मन्त्री खापुङलाई चक्कर र बान्ता आएपछि उपचारका लागि अस्पताल भर्ना भएको वीर अस्पतालका एक अधिकारीले जानकारी दिए । मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।











