Logo
Logo

कांग्रेसलाई बहुमत दिलाउन तालमेल गर्दैनौं : झलनाथ खनाल


3.8k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने दावी गरेका छन् ।

SUNDAR SHRESTHA PHOTOJOURNALIST

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरि तालमेल हुन नसक्ने बताए । उनले तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने बताए ।

नेता खनालले कांग्रेसप्रति लक्षित गर्दै केहि दलले बहुमत आउने गरि चूनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने बताए ।स्थानीय तहमा जसलाई बोक्यो, उसलै आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने बताए ।

अहिले बामएकताको खाँचो रहेको खनालले बताए । आगामी निर्वाचनमा सम्भव भए बामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुदैन भन्ने प्रश्न रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्