Logo
Logo

प्रेस युनियन निर्वाचन : अध्यक्षमा संस्थापन इतर पक्षका लम्सालको अग्रता


2.2k
Shares

काठमाडौं । नेपाल प्रेस युनियनको ९ औँ महाधिवेशनको मतगणना सुरु भएको छ । हेटौँडामा शनिबार सम्पन्न निर्वाचनको मत गणना सुरु भएको हो ।

अहिलेसम्म ६ सय मतगणना हुँदा अध्यक्षमा संस्थापन इतर पक्षबाट उम्मेदवार बनेका शिव लम्सालले अग्रता बढाएका छन् । संस्थापन इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका लम्सालले ३ सय १६ मत प्राप्त गरेका छन् । भने संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७९ मत पाएकी छन् । लम्साल ३७ मतले अघि छन् ।

यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालले अग्रता बढाएका छन् । अर्यालले ३४२ मत पाएका छन् । रामजी दाहालले २५० शेखर रेग्मी १८१, भीष्मराज ओझाले २८० मत पाएका छन् ।

यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय ९ र मुरारी अधिकारीले २८४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्