Logo
Logo

पूर्वमुख्यसचिव पौडेल भन्छन्- नागरिकता विधेयक राष्ट्रियसभाले फिर्ता गर्नुपर्छ


1.1k
Shares

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणी पौडेलले प्रतिनिधिसभाले उचित प्रक्रियाबिना नागरिकता विधयेक पारित गरेको भन्दै आपत्ति जनाएका छन् । उनले यो विधेयक राष्ट्रियसभाले फिर्ता गर्नु पर्ने बताएका छन् ।

पौडेलले सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका हुन् । खुकुलो प्रावधानसहितको विधयेकको चौतर्फी विरोध भइरहँदा सत्तारुढ दल माओवादीसँग निकट रहेका उनले नागरिकताजस्तो संवेदनशील विधेयकलाई ‘हुन्छ’ हुँदैन भन्दै पारित गर्नु आपत्तिजनक रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘दुई वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकताजस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ ‘हुन्छ हुँदैन’ भन्दै पास गर्नु आपत्तिजनक छ ।’
गत शुक्रबार प्रतिनिधिसभाले फास्ट ट्र्याकबाट नागरिकता विधयेक पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्