काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले निर्वाचनको मिति किन घोषणा नगरेको ? भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पण्डितले गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको छ ? भन्दै प्रश्न गरे ।
सांसद पण्डितले भने, ‘गठबन्धनको गाँठागुठी नमिलेर हो कि आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या निर्वाचन नगराउने मनसायले गठबन्धन लामो समय टिकाउन हो जनता चाहान्छन् ?’











