बुटवल । पाल्पाको लघुवामा लु १ ख ५९५२ नम्बरको बस दुर्घटना भएको छ । गुल्मीबाट बुटवलतर्फ गइरहेको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार बस सडकदेखि करिब सय मिटर तल खसेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।














