बुटवल । पाल्पाको लघुवामा लु १ ख ५९५२ नम्बरको बस दुर्घटना भएको छ । गुल्मीबाट बुटवलतर्फ गइरहेको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।














