Logo
Logo

सवारी दुर्घटनामा सांसद बस्नेतको अभिव्यक्तिप्रति आपत्ति


62k
Shares

भक्तपुर । भक्तपुरको सल्लाघारीमा आइतबार भएको सवारी दुर्घटनामाथी एमाले सांसद महेश बस्नेतले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसद बस्नेतले घटनाबारे सत्यतथ्य नबुझी हचुवामा भक्तपुर नगरपालिकाको लापरबाही भनेकोमा आपत्ति जनाएका हुन् ।

सल्लाको रुख ढलेर एक स्कुटर र मिनीबसलाई किच्दा तीनजनाको मृत्यु भएको घटना सम्वन्धमा सांसद बस्नेतले संसदमा बोलेको अभिव्यक्तिप्रति नगरपालिकाका प्रमुख प्रजापतिले आपत्ति जनाएका हुन् ।

घटनामा परी मिनीबसमा सवारमध्ये चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नगरपालिका-४ का राजकुमार भुजेल गरी तीनजनाको निधन मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रमुख प्रजापति घटनास्थल र बिरामीहरू रहेको इवामुरा अस्पताल पुगी मृतक र घाइतेहरूको स्थिति बुझेको नगरपालिकाले जनाएको छ । उनले अस्पतालका डाक्टरहरुलाई भेटी सम्भव सबै उपाय अपनाएर घाइतेहरूको उपचार गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रजापतिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाली सेनाका कर्णेल सन्तोष कार्कीसमेतसँग तत्काल सम्पर्क गरी उचित व्यवस्थापनबारे परामर्श गरेको जनाइएको छ । सरोकारवाला निकायबीच समन्वयपश्चात त्यस्ता घटना दोहोरिन नदिन सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु प्रकृति प्रतिकूल नहुने गरी हटाउने सहमति भएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्