काठमाडौं । काठमाडौं तिनकुने गैह्रिगाउँमा रहेको कल सेन्टरबाट १ जना चिनियाँ नागरिकसहित ४१ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर उनीहरुलाई पक्राउ गरको हो ।

स्काई वर्ल्ड सर्भिस प्रालिले ठगी धन्दा संचालन गरेको सुराकीका आधारमा प्रहरीले सोमबार छापा मार्दा कल सेन्टरमा कार्यरत १४ जना महिला र २७ जना पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ ।











