Logo
Logo

तीन देशमा राजदुत नियुक्त


945
Shares

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशकालागी राजदुत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी हुन्।

स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासङ्घमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा.डा.रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् ।

मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेपछि उनीहरूको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्