Logo
Logo

रेडक्रसको राष्ट्रिय भेलामा असन्तुष्ट समुहको प्रदर्शन


189
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलामा असन्तुष्ट समुहले प्रदर्शन गरेका छन् ।

रेडक्रसले ‘वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाईटीको समस्या र भावी मार्गचित्र’ बिषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर्नुपर्ने, रेडक्रसलाई नीजि कम्पनी बनाउन नहुने, अदालतको आदेश पालना गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

सरकारले जेठ ३१ गते सुदर्शनप्रसाद नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो , उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना पक्ष अदालत गएको थियो ।

यसअघि पनि रेडक्रसमा दुई पक्षबीच पटक–पटक विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्