Logo
Logo

उपत्यकाका ८६ स्थानमा प्रहरीको सिआरभी स्थापना हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ साउन
उपत्यकामा वस्ती विस्तार तिव्र गतिमा भइरहेको छ । नयाँ बस्ती थपिएका स्थानहरुमा प्रहरीले समेत आफ्नो उपस्थिती बढाउँदै लगेको छ ।
सुरक्षा चुनौतीका आधारमा प्रहरीले उपत्यकामा ८४ स्थानमा नयाँ सिआरभी(कन्ट्रोल रुम भेहिकल) थप्ने प्रस्ताव अघि बढाएको छ । जसमध्ये धेरै नयाँ बस्तीहरुमा प्रस्ताव गरिएको छ ।


महानगरीय प्रहरीको अवधारणअनुसार कुनै पनि घटना भएमा तत्काल खटिनका लागि उपत्यकामा प्रहरीले सिआरभी खटाउँदै आएको छ । टाटा पिकअप गाडीमा खटिने सिआरभीमा ६ जना प्रहरी हुन्छन् । हाल उपत्यकाका मुख्य ८१ स्थानमा प्रहरीका सिआरभी छन् । यसलाई थप विस्तार गर्ने प्रक्रिया सुरु गरिएको महानगरीय प्रहरी आयुक्त शैलेश थापाले बताए । यसका लागि आवश्यक स्रोत साधनका लागि महानगरीय प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई प्रस्ताव गरेको छ । तत्काल गाडी दिन नसक्ने अवस्था भएमा मोटरसाइकलमा समेत यसरी विभिन्न चोकमा सिआरभी खटाउने प्रहरी योजना छ ।
काठमाडौंमा ५४ स्थानमा आवश्यक
काठमाडौंका विभिन्न ५४ स्थानमा सिआरभी स्थापनाको माग भएको छ ।
कमलपोखरी वृत्त अन्र्तगत, भाटभटेनी चोक र पुतलीसडक, सिंहदरबार वृत्त अन्र्तगत कालिकास्थान र कुरिया गाउँ, महाराजगञ्ज वृत्त अन्र्तगत बसुन्धरा, राधाकृष्ण मन्दिर र बाँसबारी, कीर्तिपुर वृत्तअन्र्तगत भत्केपाटी, पाँगा बसपार्क र त्रिभुवन विश्वबिद्यालय परिसरमा सिआरभीको आवश्यकता औंल्याइएको छ ।
बालाजु वृत्त अन्र्तगत बनस्थली ढुंगेधारा, साङला विहानी चोक, काभ्रेस्थली र फुटुङ नागपोखरी, दरबारमार्गमा संचयकोष भवन, लैनचौरमा खानी विभाग मोड, नयाँबानेश्वरमा गैह्रीगाउँ पेट्रोल पम्प, काँडाघारी अन्र्तगत तेज विनायक र हर हर महादेवमा सिआरभी राख्न प्रस्ताव गरिएको छ ।
इप्रका फर्पिङ मातहत लामा गाउँ, दक्षिणकारी मन्दिर, सेतीदेवी भञ्ज्याङ, स्वयम्भु वृत्त अन्र्तगत हरीसिद्धी, हाके चौतारा, खोपा टोल र रामकोट, थानकोट अन्र्तगत गोदाम चोक, दह चोक, ढुंगे अड्डा, नैकाप भञ्ज्याङ र खुशी खुशी चोकमा सिआरको माग भएको छ ।
साँखु प्रभाग मातहत जहरसिंह पौवा, पालुवारी,इन्द्रायणी, महादेवस्थान र धुनारी चोकमा तथा बुढानिलकण्ठमा चुन्निखेल र पासिकोटमा आश्वश्यकता रहेको प्रहरीले जनाएकोछ ।
बौद्ध वृत्त अन्र्तगत मुलपानी पिपलबोट, आलापोट, ब्रम्हखेल, नयाँपाटी, नयाँबस्ती टाउन प्लानिङ, र आरुबारी, कालिमाटी वृत्त अन्र्तगत स्वीचाटार मोड, कोटेश्वर प्रभाग अन्र्तगत बालकुमारी, नयाँ बसपार्कमा आकासे पुल, चाल्नाखेलमा चाल्नाखेल चोक र नाङलेभारेमको चौकी भञ्ज्याङमा सिआरभी माग भएको छ ।
ललितपुरमा २२ स्थानमा सिआरभीको आवश्यकता रहेको औंल्याइएको छ ।भ लगनखेल चोक, लामाटार, लुभु बजार, लुभु विष्णुडोल पुल, टाहाखेल, न्यौपाने गाउँ, धापोखल दोबाटो र झरु बारासीमा सिआरभी थपको प्रस्ताव भएको छ ।
त्यस्तै बालकुमारी, नख्खीपोट बिशाल चोक, सातदोबाटो चोक, हात्तीवड मोड, बडिखेल बसपार्क, गोदावरी बसपार्क, ठैव चोक र दमाईटा वडा छ््ेउमा माग भएको छ ।
यूएन पार्क, इमाडोल प्रभाग अन्र्तगत कमलपोखरी चोक, नयाँ बस्ती शान्ति चोक, बुंगमती प्रभाग अन्र्तगत खोकना बसपार्क, नख्खु चोक र चोभार भञ्ज्याङ चोकलाईमा सिआभी आवश्यक रहेको औंल्याइएको छ ।
भक्तपुरमा १० स्थानमा सिआरभी माग भएको छ । ठिमी वृत्त अन्र्तगत सरस्वती खेल, कटुञ्जे प्रभाग अन्र्तगत गणेश स्मृती बाटिका चोक, बालकोट चोक, दधिकोट प्रभाग अन्र्तगत गाम्चा चोक, जगाती वृत्त अन्र्तगत डोलेश्वर, खरिपाटी प्रभाग अन्र्तगत बाँसवारी, दुवाकोट प्रभाग अन्र्तगत महांकाल चोक र व्यासी प्रभाग अन्र्तगत दुई स्थान र सिरुटार चार दाबाटो चोकमा सिआरभी थपको प्रक्रिया सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्