Logo
Logo

स्थानीय निर्वाचन : लोकप्रिय मतमा कांग्रेस पहिलो, दोस्रो कुन ?


5.9k
Shares

काठमाडौं । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

मंगलबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मत विवरणमा आयोगले कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।

आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ । कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै, नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।

माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।

स्थानीय चुनावको मत विवरण :

प्रतिक्रिया दिनुहोस्