Logo
Logo

परराष्ट्रमन्त्री आज भारत जाँदै



काठमाडौं २६ पौष ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रायसिना डायलगको चौथो संस्करणमा भाग लिन आज बिहीबार भारतको नयाँदिल्ली जाँदै छन् ।

परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा ज्ञवालीले बिहीबारै उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतको विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले यो डायलग आयोजना गरेको हो। बिहीबार नै मन्त्री ज्ञवालीले उक्त बैठकलाई सम्बोधन गर्नेछन्।

भ्रमणक्रममा ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । ज्ञवाली शुक्रबार स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्