Logo
Logo

एमाले अध्यक्ष ओली झापा जाँदै


1.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन । अध्यक्ष ओली नेताकार्यकर्ता भेटघाटका लागि झापा जान लागेका हुन् ।

संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए ।

सो क्रममा आज विर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

दमकमा ओलीले आफना नेता तथा कार्यकर्तालाई भेटघाट गरीसके पछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्