काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालनजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् ।

बा–३ ख ४४४० नम्बरको बसले बा–२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको हो । प्रहरीका अन्ुसार आकाशे पुलनजिकै दुर्घटना भएको बसलाई ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए ।
बसमा कोही यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।











